१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६ जना पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ ९ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– प्रहरीले झापाबाट १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६ जनालाई शनिबार राति पक्रार गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–९ बस्ने १९ वर्षीय अनिश लिम्बु, सोही नगरपालिका–८ बस्ने ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, १९ वर्षीय सुनिल राजवंशी, १९ वर्षीय सुदिप श्रेष्ठ र १९ वर्षीय सुजन डाँगी रहेको प्रहरीले जानकारी दिएको छ ।

अनिश, सरोज र केशवले ती किशोरीलाई अर्जुनधारा नगरपालिका–८ नयाँ बजारस्थित बाख्रा हटिया लाग्ने स्थानको फलैचामा जबरजस्ती करणी गरेको र सुनिल, सुदिप, सुजन र २० वर्षीय संजीव तामाङले अर्जुनधारा नगरपालिका–७ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले घटनामा संलग्न हाल फरार रहेका संजिवको समेत खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us