पहिरोले अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

काठमाण्डु टुडे २०८१ भदौ ९ गते ८:२७ मा प्रकाशित

काभ्रे, ९ भदौ– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् ।
बाटो खुलाउने प्रयास जारी छ ।

वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरी प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

सो राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us