
काठमाण्डु, ३ भदौ- गाई काटेर मासु खाएको आरोपमा प्रहरीले गोली हान्दा घाइते भएको एक वृद्धको मृत्यु भएको छ ।
प्रहरीको गोलीबाट गम्भीर घाइते भएका गोरखा सिमजुङका ६५ वर्षीय लाक्पा तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।
मृतकका आफन्तले शव बुझेन मानेका छैनन । दोषी प्रहरीलाई कारबाही नभएसम्म शव नबुझ्ने मृतकका छोरा ईश्वर दोङले बताए ।
। गोर्खा सिमजुङमा साउन २९ गते गाइको मासु खाएको विषयमा प्रहरीले हस्तक्षेप गर्दा झपड भएको थियो ।
तामाङको उपचारका क्रममा सोमबार वीर अस्पतालमा मृत्यु भएको थिया ।