काठमाण्डु, २३ साउन– नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारले आयोग गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले समिति गठनको निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।
नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा गठित आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । गुरूङका अनुसार आयोगलाई दुर्घटनाबारे छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्र्यदेश दिइएको छ ।
काठमाण्डुबाट रसुवाको स्याफ्रुबेसीका उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइनको हेलिकप्टर सूर्यचौरमा दुर्घटना हुँदा चार चिनियाँ र एक नेपालीको मृत्यु भएको थियो ।