शिवपुरी हेलिकप्टर दुर्घटना: पर्यटनमन्त्री पाण्डे घटनास्थलमा

काठमाण्डु टुडे २०८१ साउन २३ गते १५:४० मा प्रकाशित

काठमाण्डु, २३ साउन– नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनापछि पर्यटनमन्त्री बद्री पाण्डे घटना स्थमा पुगेका छन ।

पर्यटनमन्त्री पाण्डे केही समयअघि सिंहदबारबाट घटनास्थलतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाण्डुबाट रसुवाको याफ्रुबेसीका लागि उडेको थियो ।

नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण उडाएको जानकारी दिएको छ । चालकसहित कुल ५ जना सवारमध्ये दुर्घटनामा ४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us