काठमाण्डु, २३ साउन– नुवाकोट जिल्लाको शिवपुरीमा हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार काठमाण्डुबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले जानकारी दिएका छन ।