नेपाललाई द्वन्द्वमा फस्न दिँदैनौं: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ साउन २३ गते १३:४३ मा प्रकाशित

काठमाण्डु, २३ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताएका छन । आज बुधबार संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटेको सहमतिबारे कार्यदलले बुझाएको प्रतिवेदन बुधबार बुझेपछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग रहेको पनि बताएका छन । विधिको शासनभन्दा पर जान नसक्ने पनि उनले बताएका छन ।

उनले अहिले लोकतान्त्रिक बाटो खुला रहेको पनि बताए। लोकतान्त्रिक बाटो खुला हुँदा पनि गरिने क्रियाकलाप स्वीकार्य नहुने उनले बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘ नेपाललाई शान्ति चाहिएको छ र कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् त्यसमा हामी सजग छौँ ।

कुनैपनि प्रकारको द्वन्द्वमा नेपाललाई फस्न दिनु हुँदैन। यस्तो कुराहरु देशको हितमा हुँदैन। हामी विधिको शासन भन्दा पर जान सक्दैनौं ।’ प्रधानमन्त्री ओलीले अहिलेको सरकार लोकतन्त्रका लागि सचेत रहेको पनि बताएका छन ।

संघीयताको प्रभावकारी कार्यान्वयन गर्न कमी कमजोरी हटाइने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us