‘नमेटिने घाउ’को पोस्टरमा प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ साउन २१ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, २१ साउन– एसिड आक्रमणमा परेका ३३ पीडितहरूको वास्तविक घटनामा निर्माण भएको फिल्म ‘नमेटिने घाउ’को ‘फस्ट लुक’ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक भएको पोस्टरमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष स्थान दिइएको छ ।

पोस्टरमा मध्यभाग ओलीको ठूलो तस्बिर र पृष्ठभूमिमा अन्य कलाकारहरूलाई राखिएको देख्न सकिन्छ । यस फिल्ममा ओलीको अभिनय रहेको छ ।

केही महिनाअघि उनी छायांकनमा सहभागी भएका थिए भने, शनिबार उनले आफ्नो अशंको डबिङ गरेका थिए । निर्देशक रमित ढुंगानका अनुसार यस फिल्ममा ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदहरू देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अभिनय रहेको छ । त्यस्तै, फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनीलगायतको अभिनय रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us