बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

काठमाण्डु टुडे २०८१ साउन २१ गते १५:५९ मा प्रकाशित

काठमाण्डु, २१ साउन– बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि आज सोमबार दूतावासले एक सूचना जारी गरेर नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको हो ।

त्यहाँ करिब ४०० नेपाली छन् । त्यहाँ अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किइसकेका छन् । बाँकी रहेकाहरूसँग दूतावासले निरन्तर सम्पर्क गरिरहेको दूतावासले जनाएको छ ।

नेपाल फर्किन चाहनेलाई दूतावाससँग समव्य गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भएपछि मात्रै यात्रा गर्न समेत दूतावासले अनुरोध गरेको छ । सरकारले सन् १०७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानी आफन्तहरूलाई निजामती सेवामा आरक्षण सुविधा दिएको थियो । त्यसको विरोधमा गत महिनादेखि विद्यार्थीहरूले सडकमा प्रर्दशन गर्दै आएका छन्

। अदालतको आदेशपछि सरकारले अधिकांश कोटा फिर्ता लिने निर्णय गरेको छ । तर, विद्यार्थीहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् । सोही क्रममा आइतबार कम्तिमा ९० जनाको मृत्यु भएको थियो । आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । भने उनले देश छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us