कांग्रेस–एमाले अनुकूलको संविधान संशोधन कदाचित मान्य हुनेछैन: सन्तोष परियार

काठमाण्डु टुडे २०८१ साउन २१ गते १५:१९ मा प्रकाशित

काठमाण्डु, २१ साउन– रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफू अनुकूल संविधान संशोधन गर्ने सत्तारुढ गठबन्धनको सहमति मान्य नहुने बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद परियारले यस्तो बताएका हुन । प्रमुख सचेतक परियारले सरकारले राज्यका सबै निकायमा समावेशी हुनेगरी प्रतिनिधित्व गराउन पनि सरकारलाई सचेत समेत गराएका छन ।

उनले सरकारले समावेशिताको आधारमा राज्यका सबै अंगमा नियुक्ति गर्नुपर्ने व्यवस्थालाई लत्त्याएको आरोप समेत लगाएका छन । प्रमुख सचेतक परियारले संविधानले समावेशितालाई जोड दिएपनि सरकारले सोही अनुसार काम गर्न नसकेको भन्दै आपत्ति व्यक्त गरेका छन ।

उनले सरकार संविधानअनुसार अघि बढ्न नसकेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us