काठमाण्डु, २१ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धुव्रवहादुर प्रधानले आफूले अनुमति पत्र सहित हतियार राखेको तर अहिले नवीकरण नहुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन ।
उनले आफूले विगत ६ पटक नवीकरण गरेको तर अहिले पछिल्लो समय नवीकरण नहुने जानकारी पाएको भन्दै उनले यस्तो नियमले अवैध हतियार मानिससँग रहने अवस्था आउने बताएका छन ।
आज (सोमबार) प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रधानले यस्तो बताएका हुन । उनले यसरी सरकारले अवैध मात्र भन्नुभन्दा परल मूल्यमा लिनुपर्ने सुझाव समेत दिएका छन ।
उनले यसरी सरकारले पनि नलैजाने अनि नवीकरण पनि नगर्ने हो भने देशभर अवैध हतियार रहने उनले बताए । उनले सबैभन्दा राम्रो यस्ता हतियार नवीकरण गर्नुपर्ने उनले दाबी गरेका छन ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले हतियारसहित सर्वोच्च प्रवेश गरेपछि राज्यले साना हतियारहरू नवीकरण नगर्ने निर्णय गरेपछि उनले आफू अप्ठ्यारोमा परेको भनी संसद्मा यस विषको उठान गरेका हुन । प्रधान पूर्व सुरक्षाकर्मी समेत भएकाले उनले अनुमति पत्र लिएर हतियार राख्दै आएका छन ।