विस्फोटमा परी पुणेमा एक नेपाली कामदारको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन २१ गते १४:०४ मा प्रकाशित

काठमाण्डु, २१ साउन– भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा एक जना नेपाली कामदारको मृत्यु भएको छ । जिल्लाको माभल तालुकाको परान्दवाडीस्थित सवारी साधनको स्पेयर पार्ट्स बनाउने एक कारखानमा विस्फोटमा परेर २२ वर्षीय नेपाली युवकको जलेर मृत्यु भएको भारतीय सञ्चारमाध्यम हरुले बताएका छन ।

ती युवकको नाम अजय कुमार बजरंगी प्रसाद मौर्य भएको प्रहरीले जनाएको छ । उनी कारखाना परिसरमै बस्थे । बिहीबार मौर्यले खाना पकाउन स्टोभ (चुल्हो) बाल्न केही केमिकल प्रयोग गरेका थिए ।

तर केमिकल पड्किएर उनको शरीर निकै जल्यो । तत्कालै उनलाई अस्पताल पुर्‍याएर शल्यक्रिया गरिएको भए पनि शनिबार जलेको घाउकै कारण उनको निधन भएको भन्दै इन्डियन एक्सप्रेसले समाचार छापेको छ । यस मामिलामा प्रहरीले छानबिन गरिरहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us