सुदूरपश्चिममा एमालेले अघिल्लो सरकारकै मन्त्रीहरुलाई दोहोर्‍याउने

काठमाण्डु टुडे २०८१ साउन २१ गते १३:५५ मा प्रकाशित

काठमाण्डु, २१ साउन– सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेले मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई मन्त्री तथा निर्मला साउदलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएको एमाले स्रोतले जानकारी दिएको छ ।

यसबारे आधिकारिक निर्णय भने सोमबार दिउँसो २ बजे बस्ने संसदीय दलको बैठकले गर्ने स्रोतले जनाएको छ । एमालेले मन्त्री बनाउन लागेका प्रदेश सभा सदस्यहरू यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा सहभागी रहेका थिए ।

सुदूरपश्चिममा एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा काननु मन्त्रालय लिने सहमति भएको एक नेताले जानकारी दिएका छन ।

कांग्रेसले आर्थिक मामिला र सामाजिक विकास मन्त्रालय तथा नागरिक उन्मुक्ति पार्टीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिने सहमति भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us