काठमाण्डु, २१ साउन– सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिच्यानीका २७ वर्षीय नवीन धामी दनुवार रहेको प्रहरीले जनाएको छ ।
आज नवीन, सोही ठाउँका ५० वर्षीय जङ्गबहादुर धामी र ५१ वर्षीय ईन्द्र सापकोटा विद्युतीय तारको प्रयोग गरी स्थानीय बंका खोलामा माछा मार्न गएका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिएका छन ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई दुधौली नगर अस्पताल सिर्थौली पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका उनले जानकारी दिएका छन । मृतक नविनको साथमा गएका जङ्गबहादुर र इन्द्र सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिएका छन ।