लुम्बिनी चिनाउन भूमिका खेलेका पत्रकार पन्तको निधन

काठमाण्डु टुडे २०८१ साउन २१ गते ८:२९ मा प्रकाशित

भैरहवा, २१ साउन– बुटवलका पत्रकार चेतन पन्तको निधन भएको छ ।

अबुर्द रोगबाट पीडित ६६ पर्षीय पन्तको आइतबार राति भैरहवास्थित निवासमा निधन भएको परिवारले जनाउको छ । उनी ३६ वर्षदेखि पत्रकारितामा सक्रिय थिए । पत्रकारितामार्फत पन्तले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वभर चिनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

२०४५ सालयता पत्रकारितामा सक्रिय पन्तले नेपाल टेलिभिजन, इमेज टेलिभिजन, स्पेसटाइम नेटवर्क लगायत सञ्चारमाध्यममा काम गरेका थिए । पछिल्लो समय उनी लुम्बिनीसम्बन्धी वृत्तचित्र निर्माणमा संलग्न थिए ।

पन्तका श्रीमती र दुई छोरा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us