काठमाण्डु, २० साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई अझ सुदृढ र संविधानलाई व्यावहारिक बनाउन संविधान संशोधनको पहल गरिने बताएका छन ।
आज (आइतबार) एमाले केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधनको कुरा गर्दा कतिपयले प्रतिगमनको चर्चा गरे पनि संविधान संशोधन प्रतिगमनका लागि नभई अग्रगमनका लागि भएको बताएका छन ।
उनले भने, ‘अहिलेको नेपाली कांग्रेस र एमालेको समीकरणले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीका लागि होइन, ‘लोकतन्त्रको पक्षमा लडेकाहरूका लागि हो ।’
उनले लोकतन्त्रलाई अझ सुदृढ र संविधानलाई व्यवहारिक बनाउन जरुरी रहेको पनि बताएका छन । उनले भने, लोकतन्त्रलाई सुदृढ र संविधानलाई व्यवहारिक, स्वीकार्यता, ग्राहयता र प्रभावकारिताका लागि संविधान संशोधन गर्ने हो’, ‘मानव केन्द्रीत, समाजकेन्द्रीत हिसाबले अगाडि बढ्ने । त्यस मान्यता अनुसार समृद्ध नेपाल सुखी नेपालको उद्देश्यमा हामी लागिरहेका छौ । ’
उनले जसले जे सुकै भने पनि नेकपा एमाले बलिदान पूर्ण सङ्घर्षको लामो इतिहास बोकेको पार्टी भएको भन्दै यसले कहिले वैचारिक त कहिले व्यवहारिक र सांगठानिक ढङ्गले मुलुकको नेतृत्व गरिरहेको बताएका छन ।