काठमाण्डु, १५ साउन– हिजो मंगलबार राति परेको अविरल वर्षाको कारण काठमाण्डुको बल्खु खोलाको बहाव बढ्दा बल्खु तरकारी बजार डुबानमा परेको छ ।
तरकारी बजार डुब्दा तरकारी व्यवसायी समस्यामा परेका तरकारी व्यवसायी बताउँछन् । तरकारी बजार डुब्दा व्यवसायीका तरकारी र जिन्सी सामग्रीमा क्षति पुर्याएको छ । बाढीले तरकारी बोक्न प्रयोग हुने सवारी साधन पनि पल्टाएको थियो । यो ठाउँ बर्सेनि डुबानमा हुने गरेको छ ।