काठमाण्डु, १५ साउन– सरकारले २१ जना सचिवहरूको सरूवा गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले एकैपटक धेरै सचिवहरूको सरूवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन ।
मन्त्रिपरिषद निर्णय अनुसार रामप्रसाद घिमिरे अर्थ सचिवमा सरुवा भएका छन । यसअघि उनी राजस्व सचिव रहेका थिए । त्यस्तै बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश घिमिरेलाई राजस्व सचिव बनाउने निर्णय गरेको पनि ति मन्त्रीले जानकारी दिएका छन ।
मन्त्रिपरिषद स्रोतका अनुसार यसअघि अर्थसचिव रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरूवा गरिएको स्रोतले जानकारी दिएको छ ।