काठमाण्डु, ४ साउन– प्रमुख प्रतिपक्ष दल माओवादी सहित प्रतिपक्षी दलहरुको बैठक बसेर नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार लिने विश्वासको मतका बारेमा छलफल गरेका छन् ।
आज (शुक्रबार) नेकपा माओवादी केन्द्रको सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीको बैठक बसेको हो ।
बैठक पछि जानकारी दिँदै एकीकृत समाजवादीको उपाध्यक्ष राजेन्द्र पाण्डेले यस्तो जानकारी दिएका हुन । उनले भने,‘प्रधानमन्त्रीले आइतबार विश्वासको मत लिने भन्ने कुरा आयो ।
प्रतिपक्ष दलको यो विश्वासको मतको सवालमा कसरी जान, साझा धारणाा बनाउने छलफल हो ।’ दुई ठूला दल मिलेर के के आधारमा सरकार बनेको त्यसबारेमा जानकारी नगराइएको उनले बताएका छन । सरकारको साझा न्युनतम कार्यक्रम पनि सार्वजनिक नगरिएको पाण्डेले बताए । ‘पर्सी विश्वासको मत माग्ने पनि कुनै इस्यु होला ।
उहाँलाई विश्वासको मत दिन सकिने नसकिने त्यही बारेमा छलफल ग¥यौं,’ पाण्डेले भने । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी रहेका थिए ।