
काठमाण्डु, १ साउन– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलको भाउ बढाएको हो ।
पेट्रोलमा प्रतिलिटर ४ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रूपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।
निगमका अनुसार भारतीय आयल कर्पोेरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीका आधारमा मूल्य बढाइएको हो ।
काठमाण्डु र पोखरामा पेट्रोलको मूल्य भाउ १ सय ७१ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ६० रूपैयाँ पर्नेछ ।