विष्णु पौडेल अर्थमन्त्री भएकै दिन सेयर बजारमा ओरालो

काठमाण्डु टुडे २०८१ असार ३१ गते १८:०८ मा प्रकाशित

काठमाण्डु, ३१ असार– एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री भएकै दिन धितोपत्र बजार ओरालो लागेको छ ।

सोमबार सेयर बजार मापक नेप्से १७.१८ अंक घटेको हो । योसँगै नेप्से २२४० अंकमा झरेको छ ।

केही दिनयता लागातार बजार बढे पनि लगानीकर्ता नाफा बुक गर्न उद्धत भएपछि बजारमा करेक्सन देखिएको हो ।

बजार घटे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । साताको पहिलो दिन ७ अर्ब ६२ करोडको कारोबार भएकामा सोमबार बढेर ८ अर्ब ७३ करोड पुग्यो । कुल ५६ कम्पनीको मूल्य बढ्दा १ सय ८४ को घटेको छ भने २ को मूल्य स्थिर रह्यो ।

लगानी समूह सर्वाधिक १.७ प्रतिशत बढ्यो । यस्तै विकास बैंक समूहमा भने १.८९ प्रतिशतको गिरावट आएको छ । घट्दो बजारमा माण्डु हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

यस्तै निफ्राको ७ प्रतिशत र दोल्ती पावरको मूल्य ६.९ प्रतशितले बढेको छ । जानकी फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा माथिल्लो तामाकोशी, निफ्रा, जानाकी फाइनान्स, ङादी ग्रुप र सीईडीबी हाइड्रोपावर अगाडि रहे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us