
काठमाण्डु, ३१ असार– नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पहिलो निर्णयमा वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन् । कार्यविधि बनेपछि ब्लेन्डेड फाइनान्स र ग्रिन क्लाइमेट फन्डसहित वैकल्पिक वित्तीय स्रोत जुटाउन सहयोग हुने अपेक्षा गरिएको छ ।
मन्त्री पौडेलले विकास वित्तको विकल्पमा जान जरुरी रहेको बताए । पौडेले आठौंपटक मन्त्री बनेका हुन् । अर्थ मन्त्रीमा उनको यो पाचौंपटक हो । फरक प्रसंगमा उनले सेयर बजारलाई अर्थतन्त्रको ऐनाको संज्ञा दिए ।
‘सेयर बजार अर्थतन्त्रको ऐना हो’, उनले भने, ‘बजारमा अनुकूल अवस्था बनाउनेतर्फ मेरो पहल हुनेछ ।’