चितवन, २९ असार- चितवनको भरतपुर-२९ सिमलतालमा शुक्रबार बिहान दुईवटा बस पहिरोमा परेर त्रिशुलीमा बेपत्ता यात्रुमध्ये थप दुई शव फेला परेको छ । नवलपुरको गैंडाकोटस्थित नारायणी नदी किनारमा भेटिएक दुईमध्ये एउटा शवको सनाखत भएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सर्लाही बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमित कुशर माझीको सनाखत भएको जानकारी दिए ।
मृतता बुवा रविन्द्र कुशर माझीले शव पहिचान गरेको यादवले बताए । माझी काठमाण्डुबाट रोतहटको गौर जाँदै गरेको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको गणपति बसमा सवार रहेको बताइएको छ । अर्को शवको भने सनाखत हुन बॅाकी छ । यसअघि शनिबार बिहान चितवन-२८ स्थित नारायणी नदीमा एउटा शव भेटिएको थियो ।