ओलीद्वारा हतारहतार प्रधानमन्त्रीमा दाबी पेश

काठमाण्डु टुडे २०८१ असार २८ गते २१:५४ मा प्रकाशित

काठमाण्डू, २८ असार-  एमाले अध्‍यक्ष केशी ओलीले शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।

त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएसँगै पदमुक्त  भएका थिए । सभामुखले प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएको पत्र शीतलनिवास पठाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार आइतबार साँझ ५ बजेसम्मको समयसीमा तोकेर प्रधानमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका थिए । तर, ओलीले हतारहतार प्रधानमन्त्रीमा दाबी पेश गरे ।

ओलीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा  राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us