पाल्पामा महिला र पुरुष मृत फेला

काठमाण्डु टुडे २०८१ असार २८ गते ११:१८ मा प्रकाशित

पाल्पा, २८ असार– पाल्पाका दुई फरक स्थानमा एक पुरुष र एक महिला शव फेला परेको छ ।

रम्भा गाउँपालिका–१ सर्दीस्थित कालिगण्डकी नदी किनारमा अन्दाजी ४५ वर्षका पुरुषको शव फेला परेको प्रहरीेले जनाएको छ । पाल्पा प्रहरीका सूचना अधिकारी डिएपी सुगन्ध श्रेष्ठका अनुसार अन्दाजी ४५ वर्षका पुरुषको पहिचान खुलेको छैन ।

यस्तै माथागढी गाउँपालिका–४ झडेवा खोलामा महिलाको शव फेला परेको छ । मृतक स्थानीय ७९ वर्षीया पदमकुमारी घर्ती क्षेत्री रहेको श्रेष्ठले बताए ।

दुवै शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल पाल्पा लगिएको छ । दुवै घटनाबारे अनुन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us