नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु

काठमाण्डु टुडे २०८१ असार २७ गते ८:२९ मा प्रकाशित

डडेल्धुरा, २७ असार– डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ ।

परशुराम नगरपालिका–११ सलेतास्थित सिद्ध खोलामा नुहाउने क्रममा १५ वर्षीया वसन्तीकुमारी विष्टको डुबेर मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us