सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा १० मजदुर घाइते

काठमाण्डु टुडे २०८१ असार २१ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, २१ असार– सिन्धुपाल्चोकमा हाइड्रो पावरको ढलान भत्किँदा १० मजदुर घाइते भएका छन ।सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ मा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा १० मजदुर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

अहिलेसम्म फसेका १० जनाको उद्धार गरिएको छ । बाँकी २ जना बेपत्ता रहेको र खोजीसँगै उद्धारको प्रयास भइरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । मजदुरहरूले ढलान गर्दागर्दै भत्किएको हो । उद्धार गरिएकाहरूलाई अहिले उपचारका लागि बाह्रबिसे अस्पताल पुर्‍याइएको पनि प्रहरीले जनाएको छ ।

४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना गत साउनदेखि निर्माण सुरु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us