काठमाण्डु, २१, असार– पूर्व प्रधमामन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालल पार्टीको महाधिवेशन जारी रहेकै बेला नेपालको राष्ट्रिय राजनीतिमा उलटफेर भएको भन्दै त्यो उलटफेरपछि आफ्नो पार्टीको माग भइरहेको दाबी गरेका छन । दसौँ राष्ट्रिय महाधिवेशन समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।
नेपालले बदलिएको राजनीतिक घटनाक्रमहरूका कारण कुनै पनि पार्टी एक्लै हिँड्न नसक्ने पनि बताएका छन । उनले भन, ‘राष्ट्रिय राजनीतिमा उलटफेर भएको छ । त्यहाँ हाम्रो माग भइरहेको छ, ‘कुनै पनि पार्टी एक्लै जान सक्ने अवस्था छैन । हाम्रो पार्टीको आफ्नै भूमिका रहेको कुरालाई स्मरण गर्नुपर्दछ ।’
अध्यक्ष नेपालले एमालेसँग विद्रोह उचित र न्यायपूर्ण थियो भन्ने पुष्टि भएको भन्दै आफ्नो पार्टीको भूमिका मुलुकलाई सही दिशामा लैजानतर्फ केन्द्रित रहेको बताएका छन ।