प्रचण्डले आँट गर्नुपर्छ, हामी साथमै छौंः माधव नेपाल

काठमाण्डु टुडे २०८१ असार २१ गते १३:२१ मा प्रकाशित

काठमाण्डु, २१ असार– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले संसदको सामना गर्ने बताएका छन् ।

सो पार्टीको महाधिवेशनस्थल कमलादीस्थित प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले प्रधानमन्त्रीलाई संसदको सामना गर्ने आँट गर्न आग्रह गरे । उनले प्रधानमन्त्रीलाई आफूले साथ दिने प्रतिबद्धता जनाए । ‘

संसदबाट विश्वासको मत लिन्छु भन्ने प्रधानमन्त्रीको कुरालाई हामीले समर्थन गरेका छौं’, उनले भने, ‘सरकारले परिस्थितिअनुसार संसदको सामना गर्ने आँट गर्नुपर्छ ।’

उनले कांग्रेस र एमालेले संविधान संशोधन गर्ने सहमति गरे पनि अरु दललाई बाइपास गरेकामा असन्तुष्टि जनाए । संविधानजस्तो राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर अगाडि बढ्नुपर्नेमा दुई दलले खुसुक्क गरेको सहमतिलाई जायज मान्न नसकिने उल्लेख गरे । फरक प्रसंगमा नेपालले लोकतन्त्र र संविधानको रक्षाका लागि आफ्नो सकारात्मक भूमिका रहने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us