काठमाण्डु, १९ असार– प्रहरीले अर्घाखाँचीबाट ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीको मालारानी गाउँपालिका–६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगर रहेको प्रहरीले जानकारी दिएको छ ।
मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरे । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।