काठमाण्डु, १९ असार– बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा प्युठान घर भएका ३२ वर्षीय पूर्ण बहादुर घर्ती रहेको प्रहरीले जानकारी दिएको । नेपालगन्जबाट कोहललपुरतर्फ जाँदै गरेको बा–५५ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक घर्तीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिंङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।