रविलाई कांग्रेस महामन्त्री विश्वप्रकाशको जवाफः फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ

काठमाण्डु टुडे २०८१ असार १९ गते १२:४१ मा प्रकाशित

काठमाण्डु, १९ असार– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि समय रहेको बताएका छन ।

उनले भने, ‘साथीहरूलाई त के लाग्या होला भने हामीले फाइल खोल्दै थियौं । त्यसकारण सरकारबाट हटाइयो, ‘अहिले पनि गृहमन्त्री हुनुहुन्छ, समय छ ।

प्रधानमन्त्रीले राजीनामा नदिनु भए अझै एक महिना गृहमन्त्री हुनुहुन्छ ।’ उनले थपे, ‘फाइल खोल्दा आग्रह पूर्वाग्रह राख्न नहुने उनले बताए ।

शर्माले अब बन्ने नयाँ सरकारले पनि भ्रष्टाचारका फाइल खोल्ने अपेक्षा राखे । ‘जे खोलिएका छन्, ती प्रक्रियामा हुन्छन् । जे खोल्नु बाँकी छन् । ती खुल्छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us