काठमाण्डु, १९ असार– आज बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ ।
पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो ।
पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन ।
त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने समझदारी भएको उनले जानकारी दिएका छन ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न पनि कांग्रेसले आग्रह गरेको छ । कांग्रेस र एमालेले प्रचण्डलाई हटाएर नयाँ सरकार बनाउने समझदारी असार १७ गते गरेका थिए ।
त्यतिबेलै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको अनौपचारिक रुपमा सार्वजनिक भएको थियो ।