भ्रष्टाचारको फाइल खोलेपछि कसलाई जोगाउन रातारात समीकरण फेरियो: गृहमन्त्री लामिछाने

काठमाण्डु टुडे २०८१ असार १८ गते १४:४७ मा प्रकाशित

काठमाण्डु, १८ असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबी गरेका छन ।

आज सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन । उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको पनि बताएका छन । उनले भने, ‘तपाईंहरु नै फाइल खोल्नुपर्‍यो भन्नुहुन्थ्यो ।

भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो, यसलाई के भन्नु र मैले ?’ भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सत्ता समीकरण फेरियो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘यो बेचैनीको अर्थ के होला ? यसको के अर्थ होला ?

एकाएक संविधान जोगाउन सक्ने चिन्ता कहाँबाट आयो ? यो त सबैले बुझेकै कुरा हो । अब यसको संवैधानिक प्रक्रियाहरु सुरु होला ।’

दुई ठूला दल मिलेपछि देशमा अहिले के संकट आउँदैछ भन्दै उनले प्रश्न गरेका छन । उनले भने, ‘अहिले सुशासनका लागि केही मान्छेहरु पक्राउ परे ?

यो देशका लागि संकट थियो कि केही भ्रष्ट मानिसहरुलाई आउन लागेको थियो । कसलाई जोगाउन खोज्या यो ? कसलाई जोगाउन रातारात परिवर्तन भयो होला रु यति पनि बुझ्न सकिँदैन र रु जनताले राम्रोसँग बुझेका छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us