अब ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार: महासचिव पोखरेल

काठमाण्डु टुडे २०८१ असार १८ गते ११:२६ मा प्रकाशित

काठमाण्डु, १८ असार– एमालेका महासचिव शंकर पोखरेलले एमाले र कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताएका छन ।

सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने उनले बताएका छन । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी ।’

महासचिव पोखरेलले यस प्रक्रियामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि बताएका छन । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका थिए । यो समझदारीसँगै दलहरू आन्तरिक छलफलमा जुटेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us