काठमाण्डु, १८ असार– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले काँग्रेस र एमालेबीच भएको सत्ता गठबन्धनसम्बन्धी सहमतिलाई लिएर व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जालमा काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सँगै बसेर चिया पिउँदै गरेको तस्बिर पोष्ट गरेका छन् । बालेनले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । कालेकाले मिलेर खाऊ भाले ।’
काँग्रेस र एमालेबीच मंगलबार मध्यरातमा सत्ता गठबन्धनसहित संविधान संशोधनको सहमति भएको थियो ।