बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छ: एमाले सांसद श्रेष्ठ

काठमाण्डु टुडे २०८१ असार १७ गते १३:१० मा प्रकाशित

काठमाण्डु, १७ असार– एमाले सांसद लिलानाथ श्रेष्ठले बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताएका छन । आज सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन ।

उनले बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्नेमा पनि बताएका छन । उनले बीआरआई परियोजनाको सम्बन्धमा विभिन्न टिप्पणीहरु हुने गरेको भन्दै सरकारले सम्झौता गरिसकेको कुरालाई कार्यान्वयन गर्नुपर्ने पनि बताएका छन ।

उनले सम्झौता कार्यान्वयन गर्ने कुरा दुई देश बिचको विश्वसनीयतासँग पनि सम्बन्धित भएको पनि बताएका छन । सांसद श्रेष्ठले भने, ‘दुई देशबिचको महत्वपूर्ण योजना हो । जसले नेपालको विकासमा धेरै ठुलो महत्व राख्छ ।

जुन एमओयुमा सम्झौता भएको छ, नेपालको हितलाई ध्यानमा राखेर अहिलेको सरकारले कार्यान्वयनसम्बन्धी जुन सम्झौता छ, यसलाई नेपालको हितमा अगाडी बढाउनुपर्छ । यसमा दुई मत छैन । त्यसको लागि दुई देश बिचको विश्वसनीयताको कुरा हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us