एकीकृत समाजवादीको बन्दसत्र सुरु

काठमाण्डु टुडे २०८१ असार १७ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, १७ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन काठमाण्डुमा जारी छ । दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ ।

काठमाण्डुस्थित प्रज्ञा प्रतिष्ठानमा एकीकृत समाजवादीको बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल एकीकृत समाजवादीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us