काठमाण्डु, १७ असार– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई संसदीय दलको नेताबाट हटाएकोबारे अनविज्ञता प्रकट गरेकी छन् ।
फर्जी पत्र देखाउँदैमा दलको नेता परिवर्तन नहुने पनि उनले बताएकी छन । उनले भनिन्, ‘फर्जी पत्र देखाउँदैमा संसदीय दलको नेता फेरिएको मानिँदैन ।
पत्रको वैधानिकता संसद्ले हेर्ला ।’ हिजो आइतबार बसेको नाउपाको संसदीय दलको सचिवालयको बहुमत सदस्यहरूले रञ्जितालाई दलको नेताबाट हटाएका थिए ।
बहुमत सदस्यको बैठकले रञ्जितालाई हटाएर संसदीय दलको नेतामा सांसद गंगाराम चौधरी डगौरालाई चयन गरेको हो ।