काठमाण्डु, १७ असार– जाजरकोटमा पहिरोले पुरिंदा छोराको मृत्यु भएको छ भने बाबु घाइते भएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिंदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनका बुबा रमेश घाइते भएका छन् । बाबुछोरा पहिरोले घरमै च्यापिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद सापकोटाले जानकारी दिएका छन ।
प्रिन्सको घटनास्थलमै मृत्यु भएको सापकोटाले जानकारी दिएका छन । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको पनि उनले जानकारी दिएका छन ।