लोकतन्त्र जनताले जोगाउँछन् नेताले चिन्ता गर्नुपर्दैन: रवि लामिछाने

काठमाण्डु टुडे २०८१ असार १६ गते १९:१८ मा प्रकाशित

काठमाण्डु, १६ असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन ।

आज (आइतबार) नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई काठमाण्डुमा सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन ।

उनले भाषणमा देश र जनताको चिन्ता भएपनि व्यवहारमा नदेखिएको पनि बताएका छन । उनले भने, ‘मुलुक अप्ठेरोमा कसले पारेको हो रु गरिब किसानले पारेको हो ?’, लामिछानेले प्रश्न गर्दै भने, ‘आम जनता र नेतृत्वको प्राथमिकता अलग अलग भएकाले लाकेतन्त्रमा खतरा भएको हो ।’

उनले लोकतन्त्र अप्ठेरोमा परे जनताले जोगाउने भन्दै नेताहरूले चिन्ता गर्नुपर्ने पनि बताएका छन । उनले नेताहरूले आजसम्म ठुला ठुला युनिभर्सिटी बनेनन् त्यसमा छलफल गरौँ भनेर नेताहरूले आजसम्म सर्वदलीय बैठक बोलाउन नसकेको भन्दै सहमति कस्ता कस्ता कुरामा भएका रहेछन् भनेर बुझ्नुपर्ने पनि बताएका छन ।

उनले जनता र राष्ट्रका साझा मुद्दामा केन्द्रित भएर बहस गरेमात्र समस्याको निकास आउने भन्दै सबै दल त्यसका लागि तयार हुनुपर्ने पनि बताएका छन ।

उनले सधैँ लोकतन्त्र खतरामा परेको भनेर भाषण गर्ने गरिएको भन्दै भाषण र व्यवहारमा एकरुपता ल्याउन जरुरी रहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us