ओलीलाई १० पटक फोन गर्दा नलागेपछि म्यासेज गरेको थिएँ, आउनुभएन: अध्यक्ष नेपाल

काठमाण्डु टुडे २०८१ असार १६ गते १७:३१ मा प्रकाशित

काठमाण्डु, १६ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई महाधिवेशनमा आउन लगातार १० पटक फोन गर्दा पनि नलागेको बताएका छन ।

उनले आफ्नो पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै तीन वर्षको घाउ आलो भएकै कारणले नआएको हुनसक्ने दाबी गरेका छन ।

उनले भने, ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएको छु, पाएको पनि सूचना पाएको छु ।

३ वर्षको घाउ आलो भएर नआउनु भएको होला । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन ।’ उनले राप्रपालाई पनि बोलाएको भए पनि नआएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us