राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाण्डु टुडे २०८१ असार १६ गते १६:५५ मा प्रकाशित

काठमाण्डु, १६ असार– आज आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट राष्ट्र ऋण उठाउने विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभामा अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पारित गरेको हो ।

यो विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई सभाले बहुमतले अस्वीकृत गरेको छ ।

छलफलमा उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री पुनले नेपालको वर्तमान अवस्थाको ऋणको विषयबारे जानकारी गराएका थिए । २०८१ जेठसम्मको ऋणको अवस्था २४ खर्ब ३४ करोड रहेको बताए । २०८० असारसम्मको तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब ९९ अब ३५ करोड रहेको र यो कुल ग्राहस्थ्र्य उत्पादनमा ४२.०८ प्रतिशत रहेको बताए ।

यमसा बाह्य ऋणतर्फ १२ खर्ब ७ अर्ब ८६ करोड ५०.३ र आन्तरिक ऋणतर्फ ११ खब ९२ अर्ब ४८ अर्ब ४९.७ प्रतिशत रहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us