काठमाण्डु, १६ असार– पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादी का महासचिव घनश्याम भुसालले नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको ग्यारेन्टी गर्न पार्टीको महाधिवेशन गर्न लागिएको बताएका छन ।
आज (आइतबार) काठमाण्डुको कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबारे जानकारी दिँदै महासचिव भुसालले यस्तो बताएका हुन ।
उनले कम्युनिस्ट पार्टीको मेसिनबाट जो निस्कन्छ र प्रोसेस हुन्छ त्यो मात्र समाजवादी हुनसक्ने पनि बताएका छन । उनले भने, ‘कम्युनिस्ट पार्टीको मेसिनबाट जो निस्कन्छ र प्रोसेस हुनेछ त्यो मात्र समाजवादी भएर निस्कन्छ, ‘त्यस्तो सङ्गठनात्मक ढाँचाले हामी समाजवादी कार्यक्रम र कार्यदिशामा पुग्न सक्छौ ।’
उनले नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको ग्यारेन्टी गर्न महाधिवेशनमा जम्मा भएको भन्दै यसअर्थमा इतिहासको यो क्षण असाधारण र महत्वको भएको पनि बताएका छन ।