सुर्खेतमा विद्युत् सर्ट भई घरमा आगलागी

काठमाण्डु टुडे २०८१ असार १६ गते १४:१९ मा प्रकाशित

काठमाण्डु, १६ असार– सुर्खेतमा एक घरमा विद्युत् सर्ट भई आगलागी हुँदा नगद, अन्नपात, भाडाँवर्तन लगायतका सरसामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–५ बिउरेनी बस्ने ६२ वर्षीय शेर बहादुर दमाईको घरमा विद्युत् सर्ट भई शनिबार साँझ आगलागी हुँदा नगद, अन्नपात, भाडाँवर्तन लगायतका सरसामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us