काठमाण्डु, १६ असार– काठमाण्डु महानगरपालिका– ३१ पुरानो बानेश्वरमा पार्किङ गरेको स्कुटरमा आगलागी भएको छ ।
अम्बिका मार्ग डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ घर भएका २९ वर्षीय माधव तिमिल्सिनाले आफ्नै कोठा अगाडी बाटोको छेउमा पार्किङ गरी राखेको बा–५० प २९७४ नम्बरको स्कुटरमा शनिबार दिउँसो आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागी हुँदा स्कुटर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।