काठमाण्डु, १५ असार– एमाले उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरुको बिचमा एकता हुन आवश्यक रहेको बताएका छन ।
आज (शनिबार) काठमाण्डुमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन । उनले कम्युनिष्ट एकता देशका लागि धेरै महत्वपूर्ण रहेको बताएका छन ।
ज्ञवालीले कम्युनिष्टहरुको बिचमा एकता नभइ देश समृद्ध बन्न नसक्ने समेत पनि बताएका छन । उनले देशको राजनीति र विशेषताले देशमा भएका सबै राजनीतिक दलहरु मिल्नुपर्ने देखाएको बताउँदै उनले सबै कम्युनिष्ट राजनीतिक दलहरुको उद्देश्य देशलाई अघि बढाउने पनि बताए ।
उनले भने, ‘यहाँहरुले जुन प्रस्ताव राख्नुभएको छ, कम्युनिष्ट एकताको लागि त्यो धेरै महत्वपूर्ण छ । कम्युनिष्टहरुको बीचमा एकता गर्नुपर्छ ।
एकतावद्ध नभइकन हुँदैन । कम्युनिष्ट मात्रै होइन, हामी काँग्रेससँग मिलेर नै यति ठूलो उपलब्धि प्राप्त गर्न सकेका छौँ । हाम्रो देशको राजनीति र विशेषताले के भन्छ भने नेपालका राजनीतिक पार्टीहरु धेरै भन्दा धेरै मिलेरै काम गर्नुपर्छ ।’
ज्ञवालीले कम्युनिष्टहरु फुटेर नभइ जुटेर अघि बढ्न आवश्यक रहेको बताउँदै नेपाली जनता, राजनीतिक पार्टी, कम्युनिष्टहरु एकतावद्ध भएर जाने हो भने संसारका कुनैपनि तागतले केही गर्न नसक्ने पनि बताएका छन ।