राष्ट्र निर्माणमा सबै दल एकमत हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाण्डु टुडे २०८१ असार १५ गते १५:२२ मा प्रकाशित

काठमाण्डु, १५ असार– एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन । आज शनिबार बालचन्द्र स्मृति सभा परिवार जनविचार पब्लिकेसनद्वारा आयोजित प्रा घटराज भट्टराईद्वारा लिखित पुस्तक ‘बालचन्द्र शर्मा व्यक्तित्व र सम्भावना’ परिमार्जित संस्करण लोकार्पण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन ।

उनले देश निर्माण, अखण्डता र राष्ट्रिय स्वाभिमानका लागि निर्णायक शक्ति बन्नुपर्ने पनि बताएका छन । उनले भने, ‘हामी जुनसुकै राजनीतिक पक्षका व्यक्ति भए पनि राष्ट्र निर्माणमा हाम्रो एकमत हुनुपर्छ, देश निर्माणमा हाम्रो ध्यान जानुपर्छ ।’ वरिष्ठ उपाध्यक्ष पोखरेलले बालचन्द्र शर्मा देशका लागि आवश्यक व्यक्ति भएको र नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदान अतुलनीय रहेको पनि बताएका छन ।

उनले भने, ‘बालचन्द्र शर्मालाई वैदेशिक हस्तक्षेपको असहमति, राष्ट्रिय भावनाको समृद्धिको पक्षमा उभिने नेताका रुपमा मैले चिनेको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us