काठमाण्डू, १५ असार- गुल्मीको मालिका गाउँपालिका-६ अर्जैमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । अविरल वर्षासंगै गएराति गएको पहिरोमा परेर अर्जै ठाँटीपोखरीका यमबहादुर विकको घर पुरिएको हो ।
पहिरोमा पुरिएर घरमुली ५५ वर्षीय यमबहादुर, उनकी श्रीमती ४८ वर्षीया सुन्तली, बुहारी २६ वर्षीया सीता, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको ज्यान गएको गुल्मी प्रहरीका इन्स्पेक्टर सुर्यभान चौधरीले जानकारी दिए ।
पहिरोमा बेपत्ता पाँच जनाको बिहानैदेखि नेपाल प्रहरीसहित सुरक्षा निकाय र स्थानीयले खोजी गरेका थिए ।