काठमाण्डु, १४ असार– मेयर बालेन्द्र शाह उपस्थित नभएपछि नगरसभा बैठक प्रभावित भएको छ ।
राष्ट्रियसभा गृहमा शुक्रबार बिहान ८ बजेका लागि तय भएको बैठक शाह उपस्थित नभएपछि बस्न नसकेको हो । अध्यक्ष नै उपस्थित नभएपछि नगरसभाका सदस्यहरु घर फर्किएका छन् । आफू बैठकमा नआउनेबारे मेयर शाहले खबर गरेका थिएनन् ।
बैठकमा आगामी वर्षको नीति कार्यक्रम र बजेट पारित गर्ने कार्यसूची थियो ।
्